सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण केही ठाउमा सवारी आवगमन प्रभावित हुने

चैत्र १६,२०७९

-आस्था न्यूज

चैत १६, २०७९ काठमाडौं ।
काठमाडौंका केही स्थानमा आज पनि सवारी आवगमन प्रभावित हुने भएको छ । सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण सवारी आवगमन प्रभावित हुने भएको हो । 
 
आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवगमन प्रभावित हुनसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । रथ यात्राको समयमा उक्त क्षेत्रमा कुनै सवारी साधन प्रवेश गर्न दिइने छैन । 
 
हिजो तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असन क्षेत्रको सवारी रथयात्राको समय प्रभावित भएको थियो । 
 
हिजोदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।
 
तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्याइन्छ । तेस्रो दिन लगनटोलमा लगेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।