कांग्रेसमा मन्त्री छान्ने जिम्मा देउवालाई

चैत्र १६,२०७९

-आस्था न्यूज

चैत १६, २०७९ काठमाडौं ।
कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।  
 
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
 
उनका अनुसार देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।