स्वर्णिम वाग्लेले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

चैत्र १६,२०७९

-आस्था न्यूज

चैत १६, २०७९ काठमाडौं ।
अर्थविद् डा‍ स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी दिएका हुन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएका हुन् ।
 
कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनको भनाइ छ । ‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ,’ उनको पत्रमा भनिएको छ, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
 
डा।वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् ।