राम नवमी मेलामा इनारभित्र खसेका ३५ जनाको मृत्यु

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९  काठमाडौं ।
भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु इरानरमा खसेका थिए ।
 
बिहीबार भएको यो दुर्घटनामा परेकामध्ये आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै १ जना हराइरहेका छन् ।
 
१८ जनालाई भने जिवितै उद्धार गरिएको हो ।
 
भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् । भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ ।