सरकार बिस्तारपछि सरकारले नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रचण्डको दाबी

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने दाबी गरेका छन् ।
 
आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिने बताए ।
 
‘यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,’ प्रचण्डले भने ।
 
प्रधानमन्त्री भएको ३ महिनामा उनले आज सातौं पटक मन्त्रिपरषद विस्तार गरेका छन् र अझै मन्त्रिपरिषदलाई पूर्णता दिन भने सकेका छैनन् ।