डलर साट्ने बहानामा ३० लाख ५० हजार ठगी गर्ने पक्राउ

चैत्र १७,२०७९

-आस्था न्यूज

चैत १७, २०७९ काठमाडौं ।
डलर साट्ने बाहानमा विभिन्न व्यक्तिहरूबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको छ ।
 
काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साट्दिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो ।
 
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ  ।