उपनिर्वाचनका लागि एमालेले आज उमेदवारको टुंगो लगाउदै

चैत्र १८,२०७९

-आस्था न्यूज

चैत १८,२०७९ काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउने भएको छ । पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।
 
उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिनेछ ।
 
बारा क्षेत्र नम्बर-२, चितवन-२ र तनहुँ-१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।