सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत्र १८,२०७९

-आस्था न्यूज

चैत १८,२०७९ काठमाडौं ।
सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अरू तीन जना घाइते भएका छन् ।
 
शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।