नेपालको सत्ता नेपालीले नभएर अरु कसैले संचालन गरिरहेको माओवादी उपाध्यक्ष महराको दाबी

चैत्र १८,२०७९

-आस्था न्यूज

चैत १८, २०७९ काठमाडौं। 
सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर ुअरु कसैलेु संचालन गरिरहेको दाबी गरेका छन् ।
 
सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता महराले भनेका छन्, देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।
 
तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो, महराले भने ।
 
यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए ।