स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

चैत्र १९,२०७९

-आस्था न्यूज

चैत १९, २०७९ काठमाडौं ।
स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
 
राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा रहेको जानकारी दिए ।
 
त्रिवि शिक्षण अस्पतालले पनि शनिवार राति विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेल पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा चैत १८ गते साँझ भर्ना हुनु भएको उल्लेख गरेको छ ।