इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनलको जित

चैत्र १९,२०७९

-आस्था न्यूज

चैत १९, २०७९ काठमाडौं ।
 
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनलले सहज जित निकालेको छ ।
 
शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको छ ।
 
आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल गरे । बेन ह्वाइट र ग्रानिट जाकाले एक एक गोल गरे ।
 
लिड्सका रासमुस क्रिस्टेनसेनले एक गोल फर्काए ।
 
खेलको ३५ औं मिनेटमा जिससले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
 
४७ औं मिनेटमा बेनले गोल गर्दा आर्सनल २-० ले अघि रह्यो ।
 
खेलको ५५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलले ३-० को अग्रता बनायो ।
 
खेलको ७६ औं मिनेटमा रासमुसले गोल गर्दै लिड्सलाई ३-१ को स्थितिमा ल्याए ।
 
त्यसपछि खेलको ८४ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए ।
 
जितसँगै आर्सनलले २९ खेलमा ७२ अंक जोडेको छ ।
 
आर्सनल शीर्ष स्थानमा कायम रहेको छ । लिड्स २६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।