उपनिर्वाचनका विषयमा छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १९,२०७९

-आस्था न्यूज

चैत १९, २०७९ काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ ।
 
बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने बैठकले निर्णय लिने छ । कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनको तयारीका लागि केही नेताहरुले बैठकले जिम्मेवारी दिने छ ।
 
बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बुझिएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन । 
 
बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने  छ ।