मौसमः हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

चैत्र १९,२०७९

-आस्था न्यूज

चैत १९, २०७९ काठमाडौं ।
हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली रहेको छ ।
 
आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
 
कोसी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।
 
महाशाखाका अनुसार राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
 
कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 
देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कारक्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जनरचट्याङ तथा हावा-हुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।