Trending :
 

दोषी ठहर भएको फैसलाविरुद्ध राहुल गान्धीद्वारा माथिल्लो अदालतमा अपिल

चैत्र २०,२०७९

-आस्था न्यूज

चैत २०, २०७९  काठमाडौं।
सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध माथिल्लो अदालतमा सोमबार अपिल गरेका छन् । 
 
गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन् । फैसला नआएसम्मलाई अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ । सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।
 
अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका हुन् । गान्धीको अपिलमाथि अदालतले अगाामी १३ अप्रिलमा सुनुवाई गर्ने छ ।