Trending :
 

५ वर्षपछि आफ्नो दलको एकल सरकार बन्ने रवि लामिछानेको भनाई

चैत्र २१,२०७९

-आस्था न्यूज

चैत २१, २०७९ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
 
चितवन क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।
 
६ महिनामा २० सिट जितेको भन्दै उनले ५ वर्षमा दुई तिहाइ हुनसक्ने बताएका थिए ।
 
चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरे ।