पैसा नआउने भएर होला शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा पर्न छाड्योः देवेन्द्र पौडेल
-आस्था न्यूज
चैत २१, २०७९ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको टिप्पणी गर्नुभएको छ ।
मङ्गलवार काठमाण्डौमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेताहरू मन्त्री बन्नका लागि तँछाडमछाड गरेर भागबन्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमैमात्रै नेताहरूको रोजाइमा पर्ने गरेको बताउनुभयो ।
पूर्व शिक्षा मन्त्रीसमेत रहनुभएका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरूको पहिलो रोजाइमा पर्ने बताउनुभयो ।बाटो बनाउने मन्त्रालयभन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘तँछाडमछाड गरेर मन्त्रालय लिनका लागि भागबन्डामा साथीहरू हिँड्ने गर्नुहुन्छ । त्यो भागबन्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नका लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्नसके बाटो बनाउने मन्त्रालयभन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ