Trending :
 

नेपाल अबको दुई वर्षपछि बिजुलीमा आत्मनिर्भर हुने प्रक्षेपण

चैत्र २१,२०७९

-आस्था न्यूज

चैत २१, २०७९ काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले आगामी २ वर्षपछि नेपाल बिजुलीमा आत्मनिर्भर हुने प्रक्षेपण गरेको छ । प्राधिकरणले गरेको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/८३ ९२०२५/२६० मा नेपालले भारतबाट बिजुली आयात गर्नपर्ने छैन ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सो वर्षमा नेपालले करिब १४ अर्ब युनिट बिजुली निर्यात गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । यदि प्रक्षेपणअनुसार बिजुली बेचेमा नेपालले प्रतियुनिट औसत १० रुपैयाँ मूल्य पाएमा वर्षमा एक खर्बभन्दा बढीको बिजुली बेच्न सक्ने प्राधिकरणको भनाइ छ ।
 
‘खराब कारणले प्रतियुनिट ४-५ रुपैयाँ मूल्य पायौं भने पनि ५० अर्बभन्दा बढीको बिजुली बेच्न सक्ने घिसिङले बताए  । तर २०२५/२६ सम्ममा नै बिजुली आयात शून्यमा झर्ने आफुहरुको अनुमान रहेको उनको  भनाई छ।
 
उनका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा नेपालको विद्युत खपत ‘पिक’ समयमा २ हजार ४८२ मेगावाट पुग्ने अनुमान छ । त्यतिबेलासम्म पीपीएअनुसार आयोजनाहरुको निर्माण सकिए जडित क्षमता अहिलेको भन्दा करिब दोब्बर अर्थात् ४ हजार ८४३ मेगावाट हुनेछ ।
 
यसअनुसार त्यतिबेला २ हजार ३६१ मेगावाट बराबरको बिजुली निर्यात गर्नपर्ने हुनसक्ने घिसिङको भनाइ छ ।