राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्यको संख्या घटाउनुपर्ने गगन थापाको भनाई
-आस्था न्यूज
चैत २२, २०७९ काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्।
बुधबार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्।
उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौति गर्नुपर्ने बताए। सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।
उनले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०सँग पनि सम्वाद गर्नुपर्ने बताए। स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताए।
त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए। महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए।