Trending :
 

आज उमेदवारको अन्तिम नामावली प्रकाशन गरिदै, चुनाव चिह्न पनि वितरण हुने

चैत्र २३,२०७९

-आस्था न्यूज

चैत २३, २०७९ काठमाडौं ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 
 
आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ ।
 
आउँदो वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका छ ।
 
चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचन हुँदै छ ।