Trending :
 

अबदेखि निजामती कर्मचारीको अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने

चैत्र २३,२०७९

-आस्था न्यूज

चैत २३, २०७९ काठमाडौं ।
अबदेखि निजामती कर्मचारीको विशिष्ट श्रेणीलाई अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने भएको छ। अहिले कायम भएको निजामती कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा लैजाने र तहगत प्रणालीमा जाँदा विशिष्ट श्रेणी सचिवको पदलाई अधिकतम अधिकृत १५औँ तह कामय गर्न लागिएको छ।
 
सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीको पदलाई अधिकृत १५औँ, १४औँ र १३औँ तह मानिएको छ। 
 
ऐनको मस्यौदा अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रायका लागि अर्थ र कानुन मन्त्रालयमा पठाइएको छ। मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले ऐनको मस्यौदालाई सरोकारवालासँग पटकपटकको छलफलपछि अहिले रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाइएको बताए । गोखापत्रमा खबर छ ।