Trending :
 

मोहन वैद्य‘को माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत एकता हुने

चैत्र २३,२०७९

-आस्था न्यूज

चैत २३, २०७९ काठमाडौं ।
मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्न लागेका हुन् ।
 
वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।