Trending :
 

उपचुनाव हुने चितवन, बारा र तनहुँमा भोलिदेखि आचारसंहिता लागू हुने

चैत्र २३,२०७९

-आस्था न्यूज

चैत २३, २०७९ काठमाडौं ।
उपनिर्वाचन हुने तीन जिल्लामा भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
 
निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
 
चितवन क्षेत्र नम्बर २, बारा-२ र तनहुँ-१ मा १० वैशाखमा उपचुनाव हुँदैछ ।