Trending :
 

प्रचण्डको निर्देशनमा अस्कलमा स्ववियु चुनाव स्थगित गराइएको एमालेको आरोप

चैत्र २४,२०७९

-आस्था न्यूज

चैत २४, २०७९ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचन स्थगित गराइएको नेकपा एमालेले आरोप लगाएको छ ।
 
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीले उपत्यकाभरिका सुरक्षाकर्मी परिचालन गरेर स्ववियु चुनाव स्थगित गराएको आरोप लगाएका हुन् ।
 
उच्च अदालत पाटनले चैत्र १३ गते उपत्यकाका ४ वटा क्याम्सपमा चुनाव गराउन आदेश गरेको भए पनि सरकारले उल्लंघन गरेको उनले आरोप लगाए ।
 
‘आफ्नो पार्टीनिकट विद्यार्थीले हार्छ भनेर स्ववियु चुनाव रोक्न पाइन्छ सभामुख महोदय रु सरकारको जवाफ माग गर्दछु’, बतौलाले भने ।