Trending :
 

राम्रो काम नगरी यस पटक आराम गर्ने छुट नभएको प्रधानमन्त्रीको भनाई

चैत्र २४,२०७९

-आस्था न्यूज

चैत २४, २०७९ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई राम्रो काम नगरी आराम गर्ने छुट नरहेको बताएका छन् । शुक्रबार गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै दाहालले यो पल्ट राम्रो काम गरेर जनता, राष्ट्र र परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताए ।
 
‘अब मेरो गोरखा आगमन पनि ढिलो हुने छैन, विकास निर्माण, सेवा सुविधामा मेरो ध्यान रहने छ,’ उनले भने,‘जिम्मेवारी दिएर पठाउनुभएको छ, सफलतापूर्वक पूरा गर्नुपर्ने मेरा लागि यो चुनौतीपूर्ण अवसर हो ।’ राजनीतिक रूपले सरकारको गएका एक सय दिन उतारचढावमय रहेको उनले बताए । ‘फेरि जहाँ आएर ल्यान्ड हुनुपर्ने थियो, त्यहीँ आएर ल्यान्ड भएको छ,’ उनले थपे,‘मलाई लाग्छ यो हामी सबैका लागि खुसीको कुरो हो ।’
 
सरकारले पूर्णता पाएको र राजनीतिक स्थिरता मूलभूत रूपमा कायम गरिएको उनले बताए ।