Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

कोलम्बियामा पहिरोबाट २०६ को मृत्यु,कयौं घाइते र वेपत्ता

'राष्ट्रपतिद्वारा घटना प्रभावित क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त'

चैत्र २०,२०७३

-

२०,२०७३चैत्र,कोलम्बिया-

एजेन्सी-

दक्षिणी कोलम्बियामा पहिरोबाट २०६ जनाको मृत्यु भएको छ ।

पहिरोबाट २०२ जना घाइते भएका छन् भने २२० जना वेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले एएफपीलाई जानकारी दिएको छ ।

दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजारौं घर, पुल, सवारी साधन तथा रुखहरु ढलाएको तथा बगाएको छ । पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपिडित पनि पहिरोमा परेका छन् ।

कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले  उद्दारकर्तालाई भेटेर अझ सक्रीयताका साथ उद्दार तथा खोजीकार्यमा सक्रयि हुन निर्देशन दिएका छन् । उनले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धान्जलि र पीडितप्रति सहानुभूती व्यक्त गरेका छन् ।

 स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले 'अकल्पनीय दुःखदायी घटना' भएको बताएका छन् ।उनले स्थानीय एक रेडियोसँग भने 'सयौं व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।'

राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान र्माक्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठुलो बाढी आएको उनको भनाइ छ । राष्ट्रपति सान्तोषले त्यो नदीमा केही महिनादेखि बेला बेलामा यस्तो बाढी आउने गरेको र नदी वरीपरि बसोबास गर्नेलाई शतर्क रहन भनिएपनि गएराति अनपेक्षित बाढी आएको बताए ।

 

उनलेयस दुःखद् घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 'हामी सबै बाढीपहिरो पीडितको साथमा छौं, हामी तपाइहरुको लागि प्राथना गरिरहेका छौं' उनले भने । उक्त नगरमा बिजुली, पानी, फोन लगायतका सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरु पहिरोले बगाएको बताइएको छ ।

निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।   रासस/एएफपी