Trending :
 

खर्च बढ्दै गएकोले सरकारले अब सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने अर्थसचिव रायको भनाई

चैत्र २६,२०७९

-आस्था न्यूज

चैत २६, २०७९ काठमाडौं ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् ।  आर्थिक पत्रकार संघसँग शुक्रबार भएको भेटमा अर्थसचिव रायले बर्सेनि साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने टिप्पणी गरे ।
 
रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको उनको भनाइ छ । सरकारले वार्षिक रुपमा करिब एक सय अर्ब रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेकाले राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको उनले बताए ।