Trending :
 

युरोपियन च्याम्पियन्स लिगः रियल मड्रिडले चेल्सीलाई हरायो

चैत्र ३०,२०७९

-आस्था न्यूज

चैत ३०, २०७९ काठमाडौं ।
युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ ।
 
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गर्दा चेल्सीका बेन चिलवेलले रातो कार्ड पाएका थिए ।
 
खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
 
५९औं मिनेटमा चिलवेलले सिधा रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा समेटियो । त्यसपछि असेन्सिओले ७४औं मिनेटमा भिनिसयसकै पासमा रियलका लागि दोस्रो गोल गरे ।