Trending :
 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

बैशाख ०२,२०८०

-आस्था न्यूज

वैशाख २, २०८० काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकले आज वैशाख २ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०९ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।