Trending :
 

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

बैशाख ०३,२०८०

-आस्था न्यूज

बैशाख ३, २०८० काठमाडौं ।
 
भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।
 
इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।
 
निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर  ६।३३  रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए । नयाँ मूल्यसूची अनुसार  निगमलाई १५ दिनमा ५९ करोड नाफा हुनेछ ।