Trending :
 

निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने प्रधानमन्त्रीको भनाई

बैशाख ०७,२०८०

-आस्था न्यूज

वैशाख ७, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।
 
बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताएका हुन् ।
 
प्रचण्डले नागरिकता समस्या मधेशको मात्र समस्या नभइ देशकै समस्या भएकाले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने बताए ।
 
जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारका लागि प्रचण्डसँगै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बारा पुगेका छन् ।