Trending :
 

उपनिर्वाचन हुने चितवन, तनहुँ र बारामा प्रचारप्रसार निषेध

बैशाख ०८,२०८०

-आस्था न्यूज

वैशाख ८, २०८० काठमाडौं । 
निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएरातिदेखि प्रचारप्रसार निषेध गरेको छ । 
 
मौन अवधि लागु भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो ।
 
चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
 
यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ ।