सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान

बैशाख ०८,२०८०

-आस्था न्यूज

वैशाख ८, २०८० काठमाडौं । 
सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ। इद पर्व नजिकिएसँगे सुडानमा जारी सैनिक र अर्धसैनिकबीचको युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका हुन्।
 
मुस्लिम समुदायको मुख्य पर्व इद उल फित्र शुक्रबारदेखि तीन दिनसम्म मनाइन्छ। सुडानको युद्ध रोक्न अमेरिका, दक्षिण सुडान, टर्की, साउदी अरब, कतालगायत देशका नेताले आह्वान गरेका हुन्।
 
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेट्सलेसमेत यो पर्वमा नागरिकलाई सुरक्षित ढंगले विभिन्न ठाउँमा पुग्ने अवसर दिनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युद्धमा परेर त्यहाँ अहिलेसम्म तीन सय बढीको मृत्यु भइसकेको छ।