Trending :
 

आर्थिक प्रसङ्ग :

तिहारमा नै सयपत्री नफुलेपछि राई मारमा

आश्विन ३१,२०७४

-

३१ आश्विन,धनकुटा-

तिहारमा नै सयपत्री फुल नफुलेपछि यतिबेला धनकुटा नगरपालिका-४ ठोकाका लोकेन्द्र राई मारमा परेका छन् ।

राईले करिब डेढ रोपनीमा सयपत्री फूलखेती गरेका छन् । तिहारलाई  लक्षित गरी खेती गरिए पनि समय आइसक्दा सत्रपत्री फूल नफुलेपछि उनी चिन्तित बनेका हुन् । फूल राम्ररी फुलेको भए ५० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो', उनले भने,छिटो फुल्छ भनेर भिटामिन छर्किएँ । तर फूल फुलेन । फुल रोप्दा लागेको खर्चमध्ये आधा खर्च पनि उठ्ने देखिएको छैन । राईले चिन्तित् हुँदै भने ।‘‘

 बारीमा सयपत्री फूलका करिब ३० प्रतिशत बिरुवा मात्र फुलेका छन् । ७० प्रतिशत बिरुवामा  त कोपिला समेत लागेको छैन ।दु:ख गरेअनुसार फल प्राप्त नभएपछि राई चिन्तामा छन्