Trending :
 

संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे प्रचण्ड र ओलीबीच छलफल

बैशाख ०८,२०८०

-आस्था न्यूज

वैशाख ८, २०८० काठमाडौं । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । 
 
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको बताए ।
 
प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन। उक्त बैठकमा एमाले अध्यक्ष ओलीले केही विषयमा असहमति जनाउँदा निर्णय नभएको बताइएको थियो ।
 
परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ ।