Trending :
 

विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

बैशाख ०९,२०८०

-आस्था न्यूज

वैशाख ९, २०८० काठमाण्डौ । 
 
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे ।
 
विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाएका थिए ।
 
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे ।
 
मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।