Trending :
 

सत्तारुढ दलले आचारसंहितालाई उल्लंघन गरिरहेका छनः एमाले अध्यक्ष ओली

बैशाख ०९,२०८०

-आस्था न्यूज

 
वैशाख ९, २०८० काठमाण्डौ । 
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई उल्लंघन गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
 
सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई लक्षित गर्दै उनले अरुलाई भोट खसाउन नदिने र बुथ कब्जा गर्ने गरेको पनि आरोप लगाएका छन् ।
 
ुतनहुँमा एक जना उम्मेदवारका बुढा बाउको पार्किङमा राखिएको मोटरमा तोडफोड भयो । यो सत्ताको उन्माद हो, केही कारबाही हुँदैन ओलीले भने ।