Trending :
 

आफूहरु फेरि नेकपातिरै फर्किनुपर्ने समय आएको प्रचण्डको भनाई

बैशाख १०,२०८०

-आस्था न्यूज

वैशाख १०, २०८० काठमाडौं। 
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु फेरि नेकपातिरै फर्किनुपर्ने समय आएको बताएका छन्। 
 
नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पहिलेकका अनुभवबाट शिक्षा लिएर फेरि त्यहीँ फर्किनुपर्ने विषयमा छलफल भइरहेको बताए। 
 
उनले भने, ‘कमरेड माधव नेपाललगायतसँग छलफल भइरहेको छ। फेरि नेकपातिर नै फर्किनुपर्दछ।  वामपन्थी आन्दोलनलाई नयाँ आधारमा नयाँ एकतासहित अघि बढाउनुपर्दछ। सही विचार र नीतिका आधारमा कम्युनिस्ट एकता गर्ने जारी राख्नुपर्ने उनको भनाई थियो ।
 
आफूहरु सामूहिक नेतृत्वको पक्षमा भएकाले एकताको कुरा गरिरहेको बताए। सामूहिक नेतृत्वको विरुद्धमा रहेका एकताको विरुद्ध रहेको प्रचण्डको भनाइ छ।  
 
प्रचण्डले कार्यक्रमबाट साना कम्युनिस्ट शक्तिलाई एकता र मोर्चाको अभियानका लागि प्रस्ताव गरेका छन्।