आर्थिक गतिविधी
चैत्र २०,२०७३
-
२०,२०७३चैत्र,काठमाडौँ-
आइतबार सुनको बजार भाउ ४ सय रुपयाँले उकालो चढेको छ ।
गत शुक्रबार तोलाको ५ सय घटेर रुपयाँ घटेर कारोबार भएको सुन आइतबार बढेर प्रति तोला ५४ हजार ६ सय रुपैयाँले कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ‘आइतबार छापावाल सुनको मुल्य प्रतितोला ५४ हजार ६ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।‘ चाँदी आज प्रतितोला ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत साताको बिहीबार सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
पछिल्लो हप्ता सुन बजारमा उतारचढाव आइरहेको पनि महासंघले जनाएको छ ।
प्रमुख समाचार