दैनिक एक करोड लिटर डिजेल तस्करी हुने दावी

बैशाख ११,२०८०

-आस्था न्यूज

वैशाख ११, २०८० काठमाडौं ।
इरानका उपमन्त्री जलिल सलारीले प्रतिस्पर्धात्मक मूल्यका कारण इरानबाट दैनिक औसत एक करोड लिटर डिजेल तस्करी हुने गरेको बताएका छन् ।
 
इरानको ‘नेशनल इरानी आयल रिफाइनिङ एण्ड डिस्ट्रिब्युसन कम्पनी’का प्रबन्ध निर्देशकसमेत रहेका सलारीले इरानको आधिकारिक समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा उक्त कुराको जानकारी गराएका हुन् । 
 
इरानमा एक लिटर डिजेलको मूल्य आसपासका देशको तुलनामा करिब ०।८ अमेरिकी डलर कम रहेकोले इरान र उसका छिमेकी मुलुकबीच डिजेलको मूल्यमा आएको भिन्नताले तस्करीलाई आकर्षण गरेको उनले बताए । 
 
सलारीका अनुसार देशको यातायात क्षेत्रमा डिजेलको दैनिक खपत अहिले आठ करोड ४० लाख लिटर रहेको छ भने “डिजेल को तस्करी रोक्नको लागि, इरानले व्यक्तिगत ईन्धन कार्डको प्रयोगलाई बढावा दिएको छ र मौद्रिक लेनदेनमा अधिक नियन्त्रण प्रयोग गर्न र शङ्कास्पद लेनदेनको पहिचान गर्न स्मार्ट प्रणालीलाई अपग्रेड गरेको छ ।