Trending :
 

भारतबाट नेपाल भित्रने खाना पकाउने ग्यासको आयात आधा अर्बले घट्यो

बैशाख ११,२०८०

-आस्था न्यूज

वैशाख ११, २०८० काठमाडौं ।
भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनामा झन्डै आधा अर्बले घटेको छ । भन्सार  विभागको  तथ्याङ्कअनुसार  चालुु  आर्थिक वर्षको नौ महिनामा ९साउन–चैत० ग्यासको आयात  ४९  करोड  रुपियाँले  कमी  भएको  हो  ।  
 
बजारमा ग्यासको खपत कम हुुँदा आयातमा समेत कमी भएको हो । विभागका अनुसार चालुु आर्थिक वर्षको नौ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रुपियाँ बराबरको ३८ करोड ७६ लाख ३० हजार ८१८ केजी ग्यास आयात भएको हो ।
 
गत वर्ष सो अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपियाँ बराबरको ३९ करोड ५७ लाख २८ हजार हजार केजी ग्यास आयात भएको हो । गत वर्षको तुुलनामा ४९ करोड ३८ लाख ६७ हजार रुपियाँ बराबरको ८० लाख ९७ हजार २५० केजी ग्यास आयात कमी भएको गोरखापत्रले खबर छापेको छ ।