Trending :
 

विश्वासको मत नपाएपछि लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेशसभामा बहुमत पुष्टि गर्न नसकेपछि गिरी पदमुक्त भएका हुन् ।
 
८७ सदस्यीय प्रदेशसभामा गिरीले जम्मा ३३ मत पाए । जबकि बहुमतका लागि ४४ मत आवश्यक थियो । गिरीलाई एमालेका २९ र राप्रपाका ४ जनाले मात्र मत दिएका हुन् । विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत खस्यो ।