Trending :
 

तनहुँमा २५ हजार बढि मत गणनाः स्वर्णिमको अग्रता कायमै, काग्रेस पच्छ्याउदै

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
तनहुँ १ मा २५ हजार ३८६ मतगणना सकिएको छ । जसमा रास्वपाका स्वर्णिम वाग्लेले निरन्तर अग्रता लिइरहेका छन् ।
 
यस अघि ५ हजार मुनि आएको उनको अग्रता फेरि ५ हजार माथि पुगेको हो । कांग्रेसका गोविन्द भट्टराईविरुद्ध वाग्लेले ५०५८ मतको अग्रता लिइरहेका छन् ।
वाग्लेले १२७०५ मत ल्याएका छन् । भट्टराईले ७६४७ प्राप्त गरेका छन् । 
 
एमालेका सवेन्द्र खनालले ४२११ मत प्राप्त गरेका छन् ।  तनहुँ १ मा ६३७५७ मत खसेको थियो । 
 
गएरातिदेखि भएको मतगणनामा रास्वपाका वाग्ले निरन्तर अग्रतामा छन् ।