Trending :
 

एडीबीलाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न आग्रह

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रममा लगानी गर्न एसियाली विकास बैंकसमक्ष आग्रह गरेका छन् ।
 
एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् । सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडीबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो ।