Trending :
 

टिआरसी विधेयक लगायतका विषयमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
संसदीय समितिहरूको नेतृत्वका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
 
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल  भएको हो ।  
 
संसदीय समितिको नेतृत्व बाँडफाँडमा प्रमुख दलबीच सहमति हुन सकेको छैन। त्यस्तै टिआरसी विधेयकमा पनि सहमति हुन सकेको छैन।
 
बैठकमा शीर्ष नेताहरूसँगै कांग्रेसका प्रमुख सचेतकको उपस्थिति रहेको थियो ।