Trending :
 

मेयर बालेनले भने अदालतको आदेश पालना गर्ने कुरामा हामी प्रष्ट छौं तर सरकार चै ?

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार, बालुवाटार र शीतल निवासमा जम्मा भएको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको बताएका छन्। 
संघीय सरकारले सहयोग नगरेको भन्दै केही दिनबाट उक्त स्थानहरुको फोहोर उठाइएको छैन। फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकारको रहे पनि मेयर बालेनको आदेशले उक्त क्षेत्रको फोहोर उठाइएको छैन। महानगरले फोहोर नउठाएपछि सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै अदालतले फोहोर उठाउन महानगरलाई आदेश गरेको छ। 
 
सोही विषयलाई लिएर मेयर बालेनले सामाजिक सञ्जालमार्फत आदेश पालना गर्ने तर संघीय सरकारले पनि महानगरको पक्षमा गरिएका फैसालाहरु कार्यन्वयन गर्नुपर्ने बताएका छन्। 
 
‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रष्ट, प्रतिबद्ध र दृढ छौँ। तर सम्मानित अदालतको फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ,’ बालेनले लेखेका छन्।