Trending :
 

विपद् जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
 
सोमबार काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन: नीतिगत व्यवस्थादेखि अभ्याससम्म विषयक राष्ट्रिय कार्यशालामा श्रेष्ठले संविधानले बिपद व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको भन्दै विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
 
उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रीत नगरी  दिर्घकालिन व्यवस्थापनमा जोड दिन सुझाव दिए । श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नपर्नेमा जोड दिए ।
 
पुनरनिर्माण र पुनरस्थापनामा प्राधिकरणसँगै सहरी विकास मन्त्रालय,उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालय ,कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
 
कार्यक्रममा विज्ञहरुले प्राकृतिक जोखिमका हिसाबले नेपाल उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।