Trending :
 

उपनिर्वाचन: चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं ।
चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।
 
इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाएङ्का छन् ।
 
नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएका छन् ।
 
उता, तनहुँ-१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।
 
सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन् ।