Trending :
 

तनहुँमा अब २१ हजार बढी मत गन्न बाँकी

तनहुँमा रातभर मतगणना हुने, भोलि बिहान सम्म गणना सक्ने टार्गेट

बैशाख ११,२०८०

-आस्था न्यूज

बैशाख ११, २०८० काठमाडौं  ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना रातभरी हुने भएको छ।
 
यस क्षेत्रमा रातभर मतगणना जारी नै रहने जिल्ला निर्वाचन अधिकृत हरि ढकालले जानकारी दिए। 
 
‘हामी मतगणना गर्न रोक्दैनौं। नन-स्टप गणना भइरहन्छ,’ उनले भने, ‘सम्भवत: भोलि बिहान सम्म गणना सकाउने हाम्रो टार्गेट छ।’
 
उनका अनुसार अहिलेसम्म ४२ हजार मत गणना सकिसकेको छ। यहाँ ६३ हजार बढी मत खसेको थियो। अब २१ हजार बढी मत गन्न बाँकी छ। 
 
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। उनले २३ हजार ९६६ मत प्राप्त गरेका छन्। 
उनी अन्य प्रतिस्पर्धीभन्दा १० हजार १५४ मतले अगाडि छन्।
 
प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाउँदा नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ७९५ मतसहित तेस्रो स्थानमा छन्।