Trending :
 

उपनिर्वाचनः तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

बैशाख १२,२०८०

-आस्था न्यूज

बैशख १२, २०८० काठमाडौं ।
 
तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा.स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी भएका छन् ।
 
तनहुँ–१ मा कांग्रेसले आफ्नो सिट गुमाएको छ । मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल विजयी भएकामा उनी राष्ट्रपति चयन भएसँगै आइतबार उपनिर्वाचन भएको थियो । 
 
तर सो क्षेत्रमा कांग्रेसकै पूर्वनेता तथा चुनावको मुखमा रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले विजयी हुन पुगे । मंगलबार प्राप्त नजिजा अनुसार उनी भारी मतान्तरका साथ विजयी भएका हुन् । 
 
यससँगै तनहुँ-१ बाट कांग्रेसको सिट खोसिएको छ भने रास्वपाले प्रतिनिधिसभामा एक सिट थपेको छ । चितवनमा पनि रास्वपाका उम्मेदवार रवि लामिछानेको जित निश्चित रहेकाले रास्वपाको सिट थपिने निश्चित भएको हो।