Trending :
 

चितवनमा रवि लामिछानको जीत सुनिश्चित, बाराबाट खरेल हार्ने निश्चित

बैशाख १२,२०८०

-आस्था न्यूज

बैशख १२, २०८० काठमाडौं ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको जीत सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत निश्चित भएको हो । 
 
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ हजार ५०७ मतगणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार अब करिब २२ हजार मतगणना हुन बाँकी छ । जसमा रविले ४० हजार ६९ मत प्राप्त गरेका छन् । 
 
उनले निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई ३३ हजार ३८८ मतान्तरले पछि पारेका छन् । श्रेष्ठले ७ हजार ४५७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६८ मत पाएका छन् ।
 
उता, बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवले मतान्तर फराकिलो पारेका छन् ।
 
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले नौ हजार ८७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् । उनीहरुबीचको अन्तर तीन हजार ९९ रहेको छ ।
 
त्यस्तै, नेकपा (एमाले)का उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत प्राप्त गरेका छन् ।